काठमाडौं, १४ पुस । बक्यौता रकम पाउनका लागि आन्दोलनरत् उखु किसान संघर्ष समितिले सरकारसँग सम्झौता गरेको भोलीपल्ट एक किसानको हृयदघातबाट मृत्यु भएको छ ।
सर्लाहीको धनकौल गाउँपालिका छोटौल निवासी नारायण राय यादव (भगतजी)लाई मंगलबार बिहान ब्रेन ह्याम्ब्रेज हुँदा उपचारको क्रममा गंगालाल अस्पतालमा मृत्यु भएको जसपानिकट राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्रले जनाएका छन् ।
नारायण रायले मिल मालिक २४ लाख ६३ हजार रुपैयाँ लिन बाँकी रहेको छ जसमा आन्दोलन थालेदेखि जम्मा एक डेढ लाख मात्र पाएका छन् ।
उनले बैंकबाट ऋण लिएर उखु खेती गरेका छन् । यता बैंकको ब्जाज पनि बढ्दै गएकोले बैंकबाट ताकेतासमेत भइरहेको छ । मिल मालिकबाट बक्यौता पाएपछि बैंकलाई पैसा तिर्ने आशमा उनी थिए ।
त्यसैले यसपटक पैसा नपाउन्जेलसम्म आन्दोलन नरोक्ने अडानमा थिए । तर फेरि पनि भुक्तानी नहुँदै सरकारले उखु किसानसँग चारबुँदे सम्झौता गर्यो । फेरि पनि पैसा नपाउने हो कि भन्ने तनावले गर्दा उनको ब्रेन ह्याम्ब्रेज भएको उनी निकट स्रोतले बताएको छ ।
सोमबार साँझ उखु किसान संघर्ष समिति र सरकारबीच सम्झौता भएको थियो ।
तपाईको प्रतिक्रिया