सरकारी विधेयकको विपक्षमा सांसद गिरीको संशोधन प्रस्ताव

समाचार

6/10/2020

काठमाडौं, २८ जेठ । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयकको विपक्षमा संशोधन दर्ता गराएकी छिन् ।

सांसद गिरीले बुधबार संसद सचिवालयमा दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन भनिएको छ । दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ ।

सांसद गिरीले भने प्रमाण र तथ्यविनाको उक्त विधेयक खारेजीको सूचना दिएकी छन् । उनले भारतलाई नसोधी नक्सा प्रकाशन गरिएको भन्दै यसअघि नै संसदमा विरोध गरेकी थिइन् ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर बनेको नेपालको नयाँ नक्सा अनुसारको निशान छाप बनाउने विधेयक संसदमा दर्ता गराएको छ ।

सांसद गिरीले सरकारी विधेयकमा स्रोत र प्रमाण नखुलाएकाले हटाउनुपर्ने प्रस्ताव गरेकी छिन् । सरकारले नेपालको संविधानको संविधानको धारा ९ को उपधारा २ बमोजिम अनुसूची ३ मा राखिएको निशान छाप परिवर्तन गर्ने प्रस्ताव सहितको संशोधन संसदमा दर्ता गराएको हो ।

उक्त संशोधनमाथि गिरीले संशोधन प्रस्ताव गर्दै दफा २ हटाउनुपर्ने प्रस्ताव राखेकी हुन् । गिरीले लिम्पियाधुरा र लिपुलेक लगायतका भूभाग नेपालको भएको भन्ने प्रमाण नभएको बताउँदै आएकी छिन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ