सरिता गिरीको संशोधनमाथिको संशोधन अस्वीकृत

समाचार

6/13/2020

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले राखेको संविधान संशोधन विधेयकमा संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् ।

संसदको शनिबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिएका छन् । प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेको उनले बताए ।

नियम ११२ मा कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख छ ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साअनुसारको नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ ।

समाजवादी पार्टीले उनलाई संशोधन फिर्ता लिन निर्देशन दिएको थियो भने नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्नेे संविधान संशोधन विधेयकको पक्षमा मत दिन पार्टीका सांसदहरूलाई ह्विप समेत जारी गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ