सरिता गिरीलाई निष्कासन गरेको पत्र संसद्मा

समाचार

7/9/2020

काठमाडौं, २५ असार । समाजवादी पार्टीले आफ्ना सांसद सरिता गिरीलाई पदबाट निष्कासन गरेको जानकारी पत्रमार्फत संसद् सचिवालयलाई गराएको छ ।

पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले पार्टी निर्देशन र संसदीय दलको ह्वीप उल्लंघन गरेको आरोपमा सांसद गिरीलाई पार्टी सदस्य र सांसद पदबाट हटाउने निर्णय गरेको थियो ।

गिरीलाई सांसदबाट निष्कासन गर्ने पत्र पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया र सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संसद् महासचिव भरतराज गौतमलाई हस्तान्तरण गरेका थिए ।

सभामुख अग्नि सापकोटाले गिरीलाई सांसदबाट निलम्बन गरेपछि त्यसको जानकारी निर्वाचन आयोगलाई दिइने छ ।

पत्र बुझाएको जानकारीपछि गिरीले सभामुखको सचिवालय र संसद् सचिवालयला फोन गरेर आफूमाथि पार्टीको विधानविपरीत कारबाही गर्न लागिएको भन्ने गुनासो गरेकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ