स्रोत नखुलेको २४ लाख रकमसहित एक जना पक्राउ

समाचार

12/6/2020

भैरहवा, २१ मंसिर । स्रोत नखुलेको रकमसहित प्रहरीले रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का ३२ वर्षीय प्रमोदकुमार गुप्तालाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले शुक्रबार साँझ सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ बसपार्क नजिकै नियमित चेकजाँचका क्रममा सुनौलीबाट भैरहवातर्फ आउँदै गरेका गुप्तालाई २४ लाख रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताउनुभयो ।

लु. ४३ प १२३१ नम्बरको मोटरसाइकलको लेगार्डमा झुन्ड्याइराखेको सेतो रङको सिन्थेटिक प्लास्टिक बोरोको झोला र उनको सरीर खानतलासी गर्दा लुकाइछिपाई राखी ल्याएको नेपाली पाँच पाँच सय र एक हजार रुपियाँ दरका नोट रबरले बाँधेर बिटा बनाइराखेको अवस्थामा फेला पारी सोधपुछ गर्दा उनले रकमको आयस्रोत खुलाउन नसकेकाले पक्राउ गरिएको थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ