स्रोत नखुलेको ४९ लाख रुपैयाँसहित पक्राउ

समाचार

2/7/2021

बारा, २५ माघ । फेटा गाउँपालिका–५ जोतपुरबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

भारत घर भएका २६ वर्षीय अरबिन्द महतो सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकलसहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ