स्रोत नखुलेको ६ लाख रुपैयाँसहित पक्राउ

समाचार

3/22/2021

पर्सा, ९ चैत । वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको करिब ६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

रौतहट कटहरिया नगरपालिका–१ बस्ने २५ वर्षीय मुकेश कुमार यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्र.३–००२ प २३७२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक यादबलाई उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ