सौर्य विद्युत् आयोजना तयार

समाचार

7/15/2021

रौतहट, ३१ असार । रौतहटको चन्द्रपुर नगरपालिकामा ४ मेगावाट विद्युत् उत्पादन क्षमताको सौर्य विद्युत् आयोजना तयार भएको छ । आयोजनाले मंगलबारबाट ‘लाइन सप्लाई’ सुरु गरेको छ ।

अपि पावर कम्पनी लिमिटेडले आयोजना सञ्चालनमा ल्याएको हो । आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट्स नेपालले गरेको हो ।

आयोजनाको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत ३ किलोमिटर दूरीमा रहेको चन्द्रनिगाहपुर सबस्टेसनमा जोडिएको छ ।

नेपालमा निजी क्षेत्रले सञ्चालनमा ल्याएको र ग्रिडसँग जोडिएको तेस्रो सौर्य विद्युत् आयोजना हो । यसअघि लुम्बिनी प्रदेशको बुटवल र प्रदेश २ को धनुषामा रहेका आयोजना ग्रिडमा जोडिएका थिए ।

कम्पनीले चन्द्रपुर ५ स्थित १२ बिघा क्षेत्रफलमा ४ सय वाटका ११ हजार १ सय १२ वटा सौर्य प्यानल राखेर विद्युत् उत्पादन थालेको हो ।

आयोजनाले वार्षिक ६९.२५ घण्टा विद्युत् उत्पादन गर्नेछ । मासिक ५ लाख युनिटसम्म विद्युत् उत्पादन हुने कुशल प्रोजेक्ट नेपाल प्रालिका प्रबन्ध निर्देशक सन्दीप अग्रवालले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ