सर्लाही, १२ मंसिर । जिल्लाको गोडैता नगरपालिकामा नेपाली कांग्रेसको नगर कार्य समितिको कार्यालय उद्घाटन भएको छ ।
बिहिबार संघीय सांसद तथा कांग्रेसका नेता डा. अमरेश कुमार सिंहले नगर कार्यसमितिको कार्यालय भवन उद्घाटन गरेका हुन् ।
पार्टी कार्यालय उद्घाटन तथा अगुवा कार्यकर्ता भेला कार्यक्रममा कार्यक्रममा अन्य पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टीका नगर सभापति चिरन्जिवी झाको सभापतित्वमा आयोजित कार्यक्रममा सांसद डा.सिंह, पूर्वजिल्ला सभापति लक्ष्मण राय, संविधान सभा सदस्य रामचन्द्र चौधरी, नेता विनोद खनाल, मेयरका स्वतन्त्र प्रत्यासी श्याम साह, डा. जीतेन्द्र मिश्र लगायतले सम्बोधन गरे ।
तपाईको प्रतिक्रिया