सर्लाहीका युवक नगर विकास कोषको सञ्चालक समितिमा नियुक्त

समाचार

7/1/2021

सर्लाही, १७ असार । सर्लाहीका सन्दीप कुमार मिश्रलाई नेपाल सरकारको शहरी विकास मन्त्रालयअन्तर्गत नगर विकास कोषको सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको छ ।

रामनगर गाउँपालिका निवासी मिश्र समाजशास्त्रबाट स्नातकोत्तर गरेका छन् । उनी सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

उनी नगर विकास कोषको सञ्चालक समिति सदस्यमा दुई वर्षका नियुक्त भएका हुन् ।

पदभार ग्रहण गर्दै मिश्रले देशको हरेक नगरहरुको विकासको लागि आफ्नो तर्फबाट सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नगर विकास कोषको लक्ष्यअनुसार नै आफू अगाडी बढ्ने उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ