सर्लाही, २९ असार । सर्लाहीको बागमती नगरपालिका–६ सीतापुरमा एक घरमा आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
पुन्यप्रसाद दाहालको घरमा आगलागी भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । कुँडो पकाउन प्रयोग गरिएको आगो नजिकै रहेको मकैको खोस्टामा आगो सल्किएर आगलागी भएको हो ।
आगलागीबाट काठको दुईतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा रहेको सात तोला सुन, चाँदी, दुई लाख पचास हजार रुपैयाँ, मकै, धान, लत्ताकपडा, टेलिभिजनलगायतका सामान जलेको पीडित दहालले बताए ।
आगलागी प्रहरी चौकी राजघाट र स्थानीयवासी मिलेर नियन्त्रणमा लिएका थिए ।
तपाईको प्रतिक्रिया