सर्लाहीमा एक साता निषेधाज्ञा थप

समाचार

6/15/2021

सर्लाही, १ असार । सर्लाहीमा फेरि एक साता निषेधाज्ञा लम्ब्याइएको छ । मलङ्गवामा बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले असार ७ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना सङ्क्रमण जोखिमको अवस्था समीक्षा गर्दा सङ्क्रमण र मृत्युदर पूर्ण नियन्त्रणमा नआइसकेको हुँदा निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए । सर्लाहीमा यो समेत गरी छैटौँ पटक निषेधाज्ञा जारी भएको छ ।

गएको वैशाख २५ गतेबाट निषेधाज्ञा लगाउन सुरु गरिएको थियो । पाँचौँ पटक थपिएको निषेधाज्ञाको अवधि सोमवार राती १२ बजेबाट सकिँदै छ । निषेधाज्ञा थपिँदै लगिए पनि पछिल्ला दिनहरूमा खुकुलो पार्न थालिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ