सर्लाहीमा छात्रालाई साइकल वितरण

समाचार

7/15/2021

सर्लाही, ३१ असार । सर्लाहीको हरिवन नगरपालिका–८ मा रहेको महेन्द्र जनता नमुना माध्यमिक विद्यालयका छात्रालाई साइकल वितरण गरिएको छ ।

प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत कक्षा ८ मा अध्ययनरत १ सय ३ जना छात्रालाई साइकल वितरण गरिएको हो ।

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंको प्रमुख आतिथ्यता छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक जयशंकर सिंहले जानकारी दिए ।

प्रदेश सरकारले छोरीहरुलाई शिक्षाप्रति आकर्षित गर्ने उद्देश्यले प्रदेशभर संचालन गरेको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत जिल्लाका विभिन्न विद्यालयमा यसरी कक्षा ८ का छात्राहरूलाई साइकल वितरण गर्ने क्रम चलिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ