सर्लाहीमा थप दुई संक्रमितको मृत्यु

समाचार

10/6/2020

सर्लाही, २० असोज । सर्लाही जिल्लामा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । भरतपुरमा उपचाररत लालबन्दीका एक जना पुरुष र काठमाडौंमा उपचाररत हरिपूर्वाका अर्का एक पुरुष गरी दुई जनाको मृत्यु भएको हो ।

लालबन्दी नगरपालिका–८ का ४२ वर्षीय पुरुषको आइतबार चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको छ । त्यस्तै हरिपूर्वा नगरपालिका–५ का ६५ वर्षीय पुरुषको सोमबार हृयाम्स अस्पताल काठमाडौंमा मृत्यु भएको छ । थप दुई जनाको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । लालबन्दी, मलंगवा, र हरिपूर्वामा दुई दुई, चक्रघट्टा, हरिपुर र बरहथवामा एक–एक जनाको मृत्यु भएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ