सर्लाहीमा पिसिआर मेशिन र एम्बुलेन्स उद्घाटन

समाचार

4/30/2021

मलंगवा, १७ बैशाख । प्रदेश नं. २ सरकारद्वारा मलंगवा अस्पतालका लागि खरिद तथा जडान गरिएका पिसिआर मेशिन तथा एम्बुलेन्सको उद्घाटन गरिएको छ ।

शुक्रबार सामाजिक विकासमन्त्री नवलकिशोर साहले एक कार्यक्रमबीच पिसिर मेशिन र एम्बुलेन्स उद्घाटन गरेका छन् ।

मेशिनको उद्घाटनसँगै शुक्रबारदेखि कोरोनाको जाँच शुभारम्भ भएको छ । यससँगै प्रदेश सरकारद्वारा आठै जिल्लामा पिसिआर ल्याव संचालनमा आएको छ ।

उद्घाटन समाहरोहमा प्रतिनिधिसभा सदस्य प्रमोद साह, प्रदेशसभा सदस्य निरा साह, जिल्ला समन्वय समिति सभापति मेथुर प्रसाद चौधरी, मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, सर्लाहीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ