सर्लाहीमा विपन्न तथा असहायलाई कम्बल वितरण सुरु

समाचार

2/2/2021

सर्लाही, २० माघ । तराई–मधेशमा केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण जनजीवन एकदम प्रभावित भएको छ । शीतलहर र अत्याधिक चिसोका कारण सबभन्दा बढी प्रभावित विपन्न तथा असहायहरु भएका छन् ।

जिल्लाको रामनगर गाउँपालिकामा रहेका विपन्न तथा असहाय, वृद्ध, एकल महिला तथा अपाङ्गहरूलाई जाडोमा न्यानो स्वरूप कम्बल वितरण गर्ने कार्य शुरू भएको छ ।

जनता समाजवादी पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष मनिष मिश्रको सहयोग तथा प्रयासमा मंगलबारदेखि रामनगर गाउँपालिकाभरिका असहाय तथा विपन्नलाई कम्बल वितरण सुरु भएको छ ।

नेता मिश्रले उक्त कार्य गाउँपालिका भित्रका सम्पूर्ण टोलहरूमा कम्बल वितरण गर्ने योजना रहेको मधेशवाणीलाई बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ