सर्लाही, १ असार । लालबन्दी नगरपालिका–१ लखनदेही खोलाबाट करिब १० किलो अबैध लागूऔषध गाँजासहित २ जनालाई सोमबार बिहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका–३ मोहनपुर बस्ने २५ वर्षीय लालबाबु राम र १९ वर्षीय सरोज दास रहेका छन् ।
ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले हरिवनबाट नवलपुरतर्फ आउँदै गरेको ना.५८ प ३९४७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया