सर्लाहीमा १ सय २२ थान अक्सिजन सिलिण्डर जम्मा

समाचार

5/13/2021

सर्लाही, ३० बैशाख । सर्लाही प्रहरीले १ सय २२ थान अक्सिजन सिलिण्डर जम्मा पारेको छ ।

जिल्लाको तीन वटा चिनी उद्योगमा रहेका ८० वटा भरिएका र ४२ वटा खाली अक्सिजन सिलिण्डर जम्मा पारिएको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।

उनका अनुसार इन्दुशंकर चिनी उद्योग हरिवन, अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहमा रहेका अक्सिजन सिलिण्डर जम्मा गरिएको हो ।

ती सिलिण्डर जिल्लाका जुनसुकै ठाउँका कोरोना संक्रमितलाई आवश्यक पर्ने बित्तिकै तुरुन्त पु¥याउने गरी हाल हरिवनस्थित इलाका प्रहरी कार्यालयमा राखिएको राठौरले बताए ।

संक्रमणको अवस्था सामान्य बन्दै गएपछि फिर्ता गर्ने हिसाबले अक्सिजन सिलिण्डर हुनसक्ने अन्य ठाउँ पनि खोजी भइरहेको उनले जानकार दिए । सिलिण्डरको जोहोसँगै स्थानीय प्रशासन अहिले आइसोलेसनको व्यवस्थापनमा समेत सक्रिय भएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले सदरमुकाम मलंगवा, लालबन्दी, हरिवनलगायत स्थानमा आइसोलेसन निर्माणको काम जारी रहेको जानकारी दिए ।

जिल्लाको उत्तरी भेगका स्थानीय तह आइसोलेसन बनाउने तयारीमा जुटे पनि एमबिबिएस डाक्टरको व्यवस्था नरहेको दक्षिणी भेगका ग्रामीण पालिकालाई आइसोलेसन तयार गर्न समस्या छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ