काठमाडौँ, १ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश अनिरुद्ध प्रसाद सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वराजा शाहले बिहीबार सम्वेदना सन्देश जारी गर्दै दिवंगत सिंहको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका हुन । सिंहको १०४ वर्षको उमेर मंगलबार बत्तीसपुतलीस्थित आफ्नै निवासमा निधन थियो ।
२०१३ साल जेठ ८ गते सर्वोच्च अदालतको स्थापना भएपछि उनी त्यहाँको पहिलो प्रधानन्यायाधीशका रुपमा तीन वर्ष न्यायपालिकाको नेतृत्व गरेका थिए । उनी भन्दा अघि प्रधान न्यायालय हुँदा हरिप्रसाद प्रधान सो अदालतका प्रमुख न्यायाधीश थिए । सर्वाेच्च अदालतमा उनी सिंहपछि प्रधानन्यायाधीशको जिम्मेवारीमा आएका थिए ।
तपाईको प्रतिक्रिया