जनकपुरधाम, १० चैत । प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले युवाहरुद्वारा आयोजित सरसफाइ कार्यक्रममा सहभागी भएका थिए ।
मंगलबार बिहान युवा विकास समाज (वाईडीएस)ले पिडारी चौकमा सरसफाइ गरेको थियो ।
सो सरसफाइ कार्यक्रममा प्रदेश प्रमुख डा. अहिराज पनि सहभागी भई आफैले सरसफाइ गरेका थिए ।
युवाहरुको काम सराहनीय रहेकोले प्रोत्साहनका लागि प्रदेश प्रमुख सहभागी पनि सहभागी भएको प्रदेश प्रमुख कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए ।
प्रदेश प्रमुख कार्यालयका सचिव गैडाका अनुसार प्रदेश प्रमुख डा.अहिराजले सामाजिक कार्यमा लागेका युवाहरुलाई प्रोत्साहन दिँदै यस्ता कार्यहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया