सिरहा, २३ साउन । सिरहाका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनी मिर्गाैला रोगी थिए । डायलासिस सेवा लिन धरान पुगेका बेला उनको मृत्यु भएको हो । केही दिन अगाडि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको कन्ट्याक्ट ट्रेसिङ्गमा आएका परिवारका चार जनालाई क्वारेन्टिनमा राखिएको छ ।
तपाईको प्रतिक्रिया