सिरहा, १६ असार । पूर्व गाविस उपाध्यक्षसहित नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) परित्याग गरी ५० भन्दा बढी नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेका छन् ।
जसपा जिल्ला अध्यक्ष अशोक यादवको अध्यक्षतामा विष्णुपुर गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा कार्यकारिणी सदस्य एवं प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नवप्रवेशीहरुलाई अबिर माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।
नवप्रवेशीहरुमा तत्कालीन राजपुर गाविसका उपाध्यक्ष एवं माओवादी नेता अशेश्वर यादव, काग्रेस का स्थानीय नेता राम अशिष यादव, पाण्डव यादव, बिजय यादव लगायतका रहेका छन् ।
कार्यक्रममा पूर्बमन्त्री सत्रुधन प्रसाद सिंह, जसपाका केन्द्रीय सदस्य अशेश्वर प्रसाद यादव, चन्देश्वर पासवान, बौद्धिक पेशाकर्मी महासंघका उपाध्यक्ष जितेन्द्र यादव, जसपा प्रदेश कमिटीका सदस्य विष्णु साह, शाहिदा खातुन, विणा शर्मा, त्रिपूरा झा सहितको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया