सिरहा, १ असोज । कोरोनाको हटस्पट बनेको सिरहा कारागारमा बुधबार २५९ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका कोभिड श्रोत व्यक्ति अम्देश्वर चौधरीका अनुसार प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको स्वाब परीक्षणको नतिजामा सिरहा कारागारका २५९ जना कोरोना संक्रमित भएको हो । कारागारमा रहेका २६९ कैदीबन्दीको स्वाब परीक्षण गर्दा २५९ जनामा सङ्क्रमण पुष्टि भएको बताइएको छ ।
दुई आश्रितसहित ५९७ कैदीबन्दी रहेको सिरहा कारागारमा यो संख्यासहित ५०७ जनामा कोरोना संक्रमण भइसकेको छ । संक्रमितमध्ये सात जना कैदीबन्दी निको भएका छन् । कारागारका झण्डै ८५ प्रतिशत कैदीबन्दीलाई कोरोना संक्रमण भएपछि उनीहरुलाई कहाँ राखेर उपचार गर्ने समस्या बनेको छ ।
तपाईको प्रतिक्रिया