सिरहा मालपोत कार्यालयमा गोइत समूहद्वारा बम विस्फोट

समाचार

3/14/2021

काठमाडौं, १ चैत । सिरहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहले प्रेसरकुकर बम विस्फोट गराएको छ ।

जनतान्त्रिकका अध्यक्ष जयकृष्ण गोइतले आइतबार एक विज्ञप्ति जारी गरी बम विस्फोटको जिम्मा लिएका छन् ।

आइतबार दिउँसो भएको सो विष्फोटमा परी सात जना घाइते भएका छन् । घाइतेमध्ये सेवाग्राही दिनेशकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको उनले बताए ।

गोइतले भ्रष्टाचारीलाई कारबाहीस्वरुप बम विस्फोट गराएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘यसरी भ्रष्टाचार(अपराध) जारी नै रहे भन्ने यस भन्दा पनि उच्च स्तरको कार्वाही हुनेछ । यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मेवार भ्रष्टाचारी(अपराधी) नेपाल सरकार र प्रदेश सरकार नै हुने छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ