मोरङ्ग, ३० असार । मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका ६ देधापस्थित डाँस खोलाको किनाराबाट सशस्त्र प्रहरीले करीव ६२ क्यूफिट सालको गोलिया काठसहित नौ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षिय बिशाल विष्ट, २५ वर्षिय दुर्गा भुजेल, २९ वर्षिय सन्तकुमार राई, ३० वर्षिय भरत भुजेल, ३५ वर्षिय बिरजंग राई, ३८ वर्षिय बालकृष्ण भुजेल, ३८ वर्षिय सुर्य राई, ४५ वर्षिय हस्तबहादुर सुवेदी र ४७ वर्षिय मोतिमान श्रेष्ठ छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश शनिश्चरेबाट खटिएको सशस्त्र प्रहरीले उक्त सालको गोलिया काठ चिरान गर्दै गरिरहेको अवस्थामा पक्राउ गरेकोे हो ।
पक्राउ परेकाहरुलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि ग्रामिण सुधार सामुदायिक वन कार्यालयमा बुझाईएको छ ।
तपाईको प्रतिक्रिया