रौतहट, २२ असार । रौतहट जिल्लाको गुजरा नगरपालिका ४ स्थित लालबकैया खोलाको किनाराबाट एपीएफ टोली र सव डिभिजन वन कार्यालयका कर्मचारीले करीव १८ क्यूफिट सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको फतुवा बिजयपुर नगरपालिका ८ बस्ने ३९ वर्षिय गफुर मोहमद छन् ।
तीन वटा साईकलमा राखी ल्याउँदै गरेको अवस्थामा उक्त सालको गोलिया काठसहित निज मोहमदलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश जंगलसैयाबाट खटिएको एपीएफ टोली र सव डिभिजन वन कार्यालयका कर्मचारीले पक्राउ गरेको हो ।
पक्राउ परेका मोहमदलाई बरामाद काठ तथा उक्त साईकलसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय जंगलसैयामा बुझाएको छ ।
तपाईको प्रतिक्रिया