सैलुन व्यवसायीहरुद्वारा वीरगन्जमा प्रदर्शन

समाचार

6/28/2020

वीरगन्ज, १४ असार । वीरगंज महानगरपालिकाभित्र रहेका पाँच सयभन्दा बढी कपाल काट्ने सैलुन र सौन्दर्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।

लकडाउनको यो चौथो महिना भई सक्दा पनि सैलुन व्यवसायीहरुलाई सैलुन खोल्ने र सोन्दर्यकर्मीहरु ब्युटि पार्लर खोल्न नपाएकोमा नेपाल सरकारको ध्यान केन्द्रित गराउन एक घण्टा सडक जाम गरेका थिए ।

वीरगन्जको घण्टाघरस्थित शान्तिपूर्वक नेपाल नाई संघले विरोध गरेकोमा केही संघसंस्थाहरुको समर्थनसमेत देखिएको थियो ।

नेपाल नाई संघका जिल्ला अध्यक्ष निसार अहमदको अध्यक्षतामा भएको विरोध कार्यक्रममा नाई संघमा आबद्ध व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कोरोना भाईरसको सन्त्रासले गर्दा सैलुन जस्ता व्यवसायीहरु खोल्न हालसम्म प्रतिबन्ध लगाइएको छ । सैलुन खोल्नको लागि स्वाब परिक्षण र पि.सि.आर टेस्ट समेत गराउन व्यवसायीहरुको माग रहेको छ ।

व्यवसायीहरुलाई घरबाल र पसलको पैसा दिन समस्या पर्नुका साथै आर्थिक समस्या निक्कै बढ्दै गएको नेपाल नाई संंघका युवा नेता धिरेन्द्र ठाकुरको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ