स्वदेश फर्किए एकनाथ ढकाल

समाचार

2/11/2021

काठमाडौं, २९ माघ । तीनदिने भारत भ्रमण गरेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल बिहिबार स्वदेश फर्किएका छन् ।

भारतमा रहदाँ अध्यक्ष ढकालले भारतका पूर्वप्रधानमन्त्री एच. डी. देवगौडा, १२ औं उपराष्ट्रपति हमिद अन्सारी, भारतीय जनता पार्टी र भारतीय कांग्रेस लगायत दर्जन सांसद, नेपालका लागि पूर्व भारतीय राजदूतहरु समेत पाँच कुटनीतिज्ञ लगायतसँग भेटवार्ता तथा अन्तरक्रिया गरेका थिए ।

नयाँदिल्लीमा भएको भेटहरुमा आपसी हित र मित्रता अभिबृद्धि बारे छलफल भएको नेता ढकालको सचिवालयले जनाएको छ ।

पूर्व प्रधानमन्त्री देवगौडा र पूर्व उपराष्ट्रपति अन्सारी भेट्न ढकाल उहाहरुकै निवास पुगेका थिए भने अन्य सांसद तथा पूर्व राजदूतहरु केभी राजन, मन्जित पुरी लगायतसँग सांग्रिला होटेलमा छलफल गरेका भ्रमण दलमा सहभागि परिवार दलका प्रवत्ता सन्तोष पौडेलले जानकारी दिए ।

ढकालले नेपाली राजदूत निलाम्बर आचार्यसँग पनि भेटेका थिए । त्यसैगरी भाजपा नेताहरु बिजय जोली, अशोक ठाकुर, आम आदमी पार्टीका युवा नेता तथा सांसद अजय दत्तलगायतले पनि नेता ढकाललाई सांग्रिला होटलमै भेटेका थिए ।

केहि प्रबासी नेपालीहरु पनि ढकाललाई भेट्न होटेल पुगेका थिए । भेटघाटको संयोजन परिवार दलका प्रबक्ता सन्तोष पौडेल तथा दिल्लीस्थित सामाजिक अभियन्ता कृष्ण अधिकारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ