संविधानप्रति असन्तुष्टि हुँदाहुँदै नेपाली भूमि र राष्ट्रियताको सवाल आउँदा सहर्ष स्वीकार गरेका छौं : राजेन्द्र महतो

समाचार

6/13/2020

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी नेपाल वरिष्ठ नेता राजेन्द्र महतोले संविधानप्रति आफूहरुको असहमति र असन्तुष्टि हुँदाहुँदै नेपाली भूमि सवाल र राष्ट्रियताको सवाल आउँदा सहर्ष स्वीकार गरेको बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै महतोले संविधान संशोधन देशको अखण्डता, राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएको बताए ।

वर्तमान संविधानप्रति आफूहरुको ‘रिजर्भेसन’ रहेको उल्लेख गर्दै पटक–पटक संविधानप्रति रहेको विभिन्न असहमतिहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइए पनि आफूहरुको कुरा नसुनिएको उनले गुनासो गरे ।

आफूहरुको असन्तुष्टिलाई पनि सम्बोधन गर्दै प्याकेजमा संविधान संशोधन गरेको भए अझ राम्रो हुने उनले बताए । यदि त्यस्तो गरेको भए हिमाल, पहाड, तराई मधेशका नागरिकको भावना समेटिने नेता महतोले बताए ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभागमा समेटिनु सम्पूर्ण नेपालीको लागि खुसीको कुरा भएको पनि महतोले बताए ।

नेता महतोले राष्ट्रियता कसैको एकलौटी नहुने बताए । राष्ट्रियता जाति, धर्म विशेष र क्षेत्रले निर्धारण नहुने उल्लेख गर्दै नेता महतोले आजैबाट राष्ट्रघात र राष्ट्रवादको परिभाषा परिवर्तन गर्नुपर्ने बताए ।

नेता महतोले राष्ट्रघात क–कसले गरÞ्यो त्यसको छानबिन हुनुपर्ने पनि बताएका छन् । महाकाली सन्धिम पारित हुँदा कालापानी र लिपुलेकको बारेमा प्रस्ट हुनुपथ्र्यो भन्दै महतोले भने, ‘महाकाली सन्धिमै कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा उल्लेख हुनुपर्ने थियो । को हो राष्ट्रवादी, को हो राष्ट्रघाती त्यसको पहिचान हुनुपरÞ्यो ? मधेशी नागरिकले राष्ट्रियताको सवालमा कति पटक अग्निपरीक्ष दिनुपर्ने हो ?’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ