संविधान दिवसको अवसरमा वीरगन्ज कारागारबाट १५ जना थुनामुक्त

समाचार

9/19/2020

वीरगन्ज, ३ असोज । संविधान दिवसको अवसरमा वीरगंज कारागारबाट १५ जना कैदिहरुलाई केही कैद मिन्हा गरी माफी दिई थुनामुक्त गरिएको छ ।

विरगंज कारागारमा रहेका १२ सय ११ जना कैदीबन्दीहरुमध्ये १७ जनाको सिफारीस गरी माफीको लागि गृह मन्त्रालयमा पठाइएको थियो ।

जसमभ्ये एक जना महिला सहित १५ जनाको सजाय माफ भई वीरगंज कारागारबाट मुक्त गरिएको कारागार प्रमुख मातृका प्रसाद दाहालले जानकारी दिए ।

माफी पाएका १५ जनाहरु कर्तव्य ज्यान, सवारी ज्यान, किर्ते मुद्दा, वन नोक्सानी, सरकारी छाप किर्ते र डाँका चोरी मुद्दाका कैदीहरु रहेका छन् ।

माफी पाएकाहरुका आफन्तहरु एक्का बिहानैदेखि वीरगंज कारागारको मूल गेटमा बसी आफन्तहरुलाई लैजाने पर्खाईमा रहेका थिए ।

वीरगंज कारागारले माफी पाएकाहरुलाई सामाजीक दुरी कायम गर्दै केवल अबिर टिका लगाई कारागारबाट विदाई गरिएको कारागार प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ