काठमाडौं, २८ फागुन । हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलले देशलाई जबर्जस्ती धर्मनिरपेक्ष बनाई सनातन धर्म र संस्कृति माथि विश्वास घटाउने कार्य भएकोले दुश्कर्महरु अझ बढेर गएको बताएका छन् ।
संघीय राजधानीमा संचारकर्मीहरुसँग कुराकानी गर्दै पटेल भने सनातनदेखि मान्दै आएको धर्मलाई विभिन्न बहाना र अनेकौं स्वर्थका खातिर बेइमानहरुले कमजोर बनाउँदै लगिएको बताए । उनले भने परम्परा देखि चल्दै आएको सनातन धर्मलाई कायम राख्न सकेमात्र देश समृद्ध एवं जनजीवन सहज ढंगले अगाडि बढ्ने ठोकुवा पनि गरे ।
एक फरक प्रसंगमा पटेलले भने धर्म र संस्कृतिलाई हृदयदेखि अनुशरण गर्न महिलाहरु नै अग्रपङ्तिमा रहेकाले यसलाई व्यापकता दिलाउन पनि महिलाकै भूमिका उपयुक्त हुने उनको भनाइ थियो ।
हिन्दू परिषद नेपालले हिन्दू राष्ट्र नेपाल कायम गर भन्ने मूल नाराको साथ जनजागरण कार्यक्रम मापÞर्mत नेपाली समाजलाई जोड्ने कार्य गर्दै आएको पटेलले बताए ।
पटेलले भने हामी माथि जबरजस्ती धर्म निरपेक्ष लादियो, हिम्मत छ भने जनमत संग्रह गराउ आफै सब भरम किलिएर हुन्छ । पैसा खाएर आफ्नो धर्म बेच्ने नेतालाई मुलुकको माया हुँदैन । केहि राजनीतिक दलले हिन्दू समाज लाई कमजोर गर्न पहाड़ी र मधेशीको झगड़ा लगाए,जात पातको झगड़ा लगाए,लनय को आड़मा धर्म परिवर्तन गराउने चलखेल गर्नु,गौ हत्या र तस्करी लाई प्रोत्साहित गर्नु जस्ता कार्य भई रहेको पटेलले भने।सम्पूर्ण नेपाली लाई एक सूत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र नेपाल।बहुरुपिया र बिदेशी दलाल बाट सावधान रहन सम्पूर्ण ओमकार परिवार लाई सजक रहन पटेलले अनुरोध गरेका छन् ।
तपाईको प्रतिक्रिया