कैलाली, ९ चैत । सवारी ज्यान मुद्दाका फरार अभियुक्त जोशीपुर गाउँपालिका–६ लोखरी बस्ने ३४ वर्षीय उमेश भन्ने उपेन्द्र स्वारलाई प्रहरीले पक्राउ गरेको छ ।
२०५९ फागुन ३० गते से.१ त ११४१ नम्बरको ट्याक्टरले च्यापिएर जोशीपुर गाउँपालिक–६ लोखरी बस्ने धनिराम डगौराको मृत्यु भएको घटनामा संलग्न रही फरार रहेका ट्याक्टरका चालक उपेन्द्र स्वारलाई शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले जोशीपुर गाउँपालिका–६ लोखरी गाउँमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
तपाईको प्रतिक्रिया