सवारी दुर्घटनामा बाँकेमा पाँच जनाको मृत्यु

समाचार

4/18/2021

बाँके, ४ बैशाख । कोहलपुर नगरपालिका–१३ स्थित सडकमा मे.१ ख ३३४७ नम्बरको बस र अनटेष्ट लेखिएको टिपर शुक्रबार साँझ एकआपसमा ठोक्किएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

बसमा सवार ३ जना, टिपरका चालक र सहचालक सहित ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा परी घाइते भएका अन्य १९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ