रुपन्देही, १६ फागुन । जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सैनामैना नगरपालिका–१ वनकट्टास्थित सडकमा मोटरसाइकलको ठक्करबाट साईकलयात्री शुद्धोधन गाउँपालिका–१ सिखरा बस्ने ५० वर्षीय राजेन्द्र लोधको शनिबार राति मृत्यु भएको छ ।
उक्त सडकमा लु.३७ प ४७९१ नम्बरको मोटरसाइकलले ठक्कर दिइ बाटोमा लडेको र पुनः लु.१५ प ५५६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुबै मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रुपन्देहीको कोटहिमाई गाउँपालिका–१ सिपुवास्थित सडकमा लु.२ च १५१७ नम्बरको पिकअप जिपको ठक्करबाट पैदलयात्री सम्मरीमाई गाउँपालिका–५ बस्ने ३२ वर्षीया कुसुम लोधको शनिबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया