महोत्तरी, ५ बैशाख । महोत्तरी जिल्लाको मटिहानी न.पा. वडा नं. ४ मझौरा विसनपुरमा स्वास्थ्य चौकीको भवन निर्माण कार्य हुने भएको छ ।
मटिहानी न.पा.को २५ लाख ८५ हजारको लागतमा सो स्वास्थ्य चौकी निर्माण हुने कुरा जनाईको छ ।
यसैबीच निर्माण हुने सो स्वानस्थ्य चोकी भवनको एक समारोहबीच मटिहानी न.पा. प्रमुख हरि मण्डल र स्वास्थ्य चौकी निर्माणका लागि जग्गा प्रदान गर्ने दाता हर्षित मिश्र शर्माले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय हर्षित मिश्र शर्माले १० धुर जग्गा प्रदान गरेका छन् ।
शिलान्यास कार्यक्रममा मटिहानी न.पा. उपप्रमुख शिवो देवी तथा वडा नं. ४ का वडाध्याक्ष मइनुदिन राइन, वडा नं. ५ का वडा अध्यक्ष रामबहादुर महतो, वडा नं. ३ का वडा अध्यक्ष लेयाकत कवारी लगायतका स्थानीयहरुको उपस्थिति रहेका थिए ।
तपाईको प्रतिक्रिया