स्वास्थ्य परीक्षण गर्न अस्पतालसँग सम्झौता

समाचार

12/17/2020

राजविराज, २ पुस । राजविराजको छिन्नमस्ता अस्पताल र कामना बिकास सेवा बैंकबीच स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता भएको छ ।

दुई संस्थाका बीच अस्पतालमा चेक जाँच गराउन आउँदा कर्मचारी तथा ग्राहकहरूलाई विशेष छुटकासाथ स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्थाका लागि सम्झौता भएको हो । सम्झौता अनुसार स्वास्थ्य परीक्षण गर्न आउने कर्मचारी र ग्राहकवर्गले बैंकको प्रमाण–पत्र तथा एटिएम कार्ड, चेक बुक अथवा बैकले प्रमाणित गरेको कागजात अस्पतालमा पेश गर्नुपर्ने छ ।

बैकको तर्फवाट कामना विकास सेवा बैंक शाखा कार्यालय राजविराजका क्षेत्रीय प्रमुख राकेश सिंह, प्रबन्धक सूर्यनारायण मुखिया, अधिकारी राकेश चौधरी उपस्थित थिए । छिन्नमस्ता अस्पतालका तर्फवाट प्रबन्धक राजेश झा, प्रशासक संतोष यादव, संयोजक दीपेन्द्र यादव, आईटी अधिकारी तिर्थ नारायण दास, लेखापाल सरिता भगत, प्रकाश तेतर लगाएतका व्यक्तिहरू उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ