काठमाडौं, ३० बैशाख । मुस्लिम आयोगले स्वास्थ्य मापदण्ड अपनाएर ईदको नमाज पढ्न आग्रह गरेको छ । कोरोना महामारीको दोस्रो नयाँ स्वरुप बढ्दै गएकाले यसबाट बच्नका लागि आ–आफ्ना मस्जिद कमिटीले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड बमोजिम नमाज पढ्न आयोगले आग्रह गरेको हो ।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीद्वारा जारी विज्ञप्तिमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड बमोजिम मौलना, मोवजीन र मस्जिद कर्मचारीहरुले साविकदेखि नै दैनिक रुपमा मस्जिदमा पाँच टाइमको नाम, जुम्मा नमाज, तराहबी नमज पढ्दै आइरहनु भएकोमा सोही संख्या यथावत राखी इदको नमाज पढ्न अनुरोध गरिएको छ ।
विज्ञप्तिमा ओल्मानहरु, मुफ्तिहरु, नेपाली जामे मस्जिद,पञ्च कश्मिरी तकिया जामा मस्जिदका पदाधिकारीहरुको सल्लाह बोमोजिम अन्य सबै आ–आफ्नो तरिका अनुसार घरमै सामाजिक दूरी कायम गरी इदको नमाज पढ्न आग्रह गरिएको उल्लेख छ ।
बिहीबार रमजान महिनाको एक महिने सौम(व्रत,उपासना) पुरा भएको छ । यसको भोलिपल्ट खुशियाली साटासाट गर्दै मुस्लिम सुमदायले ईद–उल–फित्र(ईद) मनाउने गर्छन् । यसपटक शुक्रबार ईद परेको छ ।
तपाईको प्रतिक्रिया