स्वास्थ्य सामग्री किन्न सेनाले पठायो भारतलाई सम्झौता ड्राफ्ट

समाचार

4/17/2020

काठमाडौं, ५ बैशाख । नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदका लागि भारतलाई सम्झौता पत्रको ड्राफ्ट पठाएको छ ।

यसअघि भएको छलफल र पत्र आदान–प्रदानपछि भारतमा स्वास्थ्य सामग्रीबारे सम्झौता गर्न नेपालको तर्फबाट तयार ड्राफ्ट पठाइएको हो ।

यसअघि बुधबार भारतमा औषधिको अन्तिम सूची पठाइसकिएको छ । सम्झौताको ड्राफ्टबारे कोरोना क्राइसिस म्यानेजमेन्ट समितिमा छलफल भएको थियो ।

भारतले भने कोरोना संक्रमितको उपचारका लागि अत्यावश्यक स्वास्थ्य सामग्री नभएर ५३ प्रकारका औषधि अपलब्ध गराउने बताएको छ ।

भारतले भने नयाँदिल्लीस्थित नेपाली दूतावासमा सबै औषधि उपलब्ध गराउने भएको छ ।

यस्तै सरकारले चीनलाई पनि सम्झौता पत्रको ड्राफ्ट पठाएको छ । सम्झौताको प्रारम्भिक मस्यौदा अनुसार चीनले ६७ प्रकारका स्वास्थ्य सामग्री नेपाललाई उपलब्ध गराउने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ