स्वास्थ्य सामग्री हस्तानान्तरण

समाचार

7/9/2020

रौतहट, २६ असार । ग्रामीण विकास केन्द्र रौतहटले जिल्लाको विभिन्न पालिकाहरुमा सञ्चालन रहेका क्वारेन्टाइनहरुमा स्वास्थ्य सामग्री हस्तानान्तरण गरेका छन् ।

रौतहट जिल्लाको १६ वटा नगरपालिका र २ वटा गाँउपालिकाहरु मध्ये ४ वटा नगरपालिकाहरु राजपुर, परोहा, ईशनाथ र देवाही गोनाही नगरपालिकामा प्रवासीहरुका लागि कोभिड–१९ को प्रतिकार्यमा सरकारी क्षमता अभिबृद्धि परियोजनाले काम गरिरहेको छ ।

कतार च्यारिटी, इस्लामिक रिलिफ, स्टार्ट फण्डको सहयोगमा ग्रामिण विकास केन्द्र, लौकहा, रौतहट मार्फत संचालन भैरहेकोमा चार वटै नगरपालिकाहरुमा संचालन भैरहेको क्वारेन्टाइन सेन्टरहरुमध्ये २० वटामा अस्थायी चर्पी र नुहाउने स्थान निर्माण गर्ने, २० वटा खुट्टाले प्रयोग गर्न मिल्ने हाथ धुने स्टेशन जडान गर्ने, क्वारेनटाईन सेन्टरहरुमा बस्ने ब्यक्तिहरुको लागि हाइजीन कीट, डिगनिटी किट, पिपिई तथा अन्य सरसफाई सामाग्रीहरु वितरण गर्ने कृयाकलाप संचालन भैरहेको सस्थाका अध्यक्ष पारस हुसैनले बताएका छन् ।

आयोजक संस्थाले अहिलेसम्म ५५६ जनालाई हाइजीन कीट, ३५ जनालाई डिगनिटी किट,२५ वटा पिपिई, ९ वटा क्वारेनटाईन सेन्टरहरुमा वाल्टीन, मग, लाइजोल, पियुष आदि अन्य सरसफाई सामाग्रीहरु वितरण गरेको अध्यक्ष हुसैनले जनाएको छ ।

१८ स्थानमा चर्पि निर्माणको कार्य भैरहेको र सम्पन्न हुने अवस्थामा रहेको तथा १५ स्थानमा खुट्टाले प्रयोग गर्न मिल्ने हाथ धुने स्टेशन जडान कार्य सम्पन्न भइसकेको र बाँकी ५ स्थानमा जडान हुने अवस्थामा रहेको सस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ