कपिलवस्तु, ६ साउन । कतार च्यारिटीको सहयोगमा लिडो नेपाल संस्थाले शुद्धोधन गाउँपालिकाको लवनी स्वास्थ्य चौकीलाई १४ लाख बराबरको स्वास्थ्य उपकरण र साम्रगी हस्तान्तरण गरेको छ ।
ग्रामीण क्षेत्रका जनताको उपचारमा सहजता ल्याउनका लागि बर्थिग सेन्टर संचालनमा रहेको लवनी स्वास्थ्य चौकीको सेवामा थप प्रभावकारी बनाउनका लागि उक्त उपकरण तथा साम्रगी हस्तानतरण गरिएको संस्थाले जनाएको छ ।
भिडियो एक्सरे मेसिन १ वटा, हस्पिटल बेड ८ वटा, डेलिभरी बेड २ वटा, ह्विल चियर ५ वटा लगायतका साम्रगी हस्तानतरण गरएको छ । संस्थाका कोषाध्यक्ष बलिउद्धिन खांले शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खांलाई उक्त साम्रगी हस्तानतरण गरे ।
साम्रागी हस्तानतरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निसार अहमद खांले गाउँपालिकाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र गाउँपालिका क्षेत्रका जनताको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने सहयोगी निकायलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत यस्ता सहयोगको अपेक्षा गरे ।
हस्तान्तरण समारोहमा लिडो संस्थाका कोषाध्यक्ष बलिउद्धिन खांले आगामी दिनमा पनि स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा संस्थाले सहयोग गर्ने बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुधादेवी पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, वडा नं २ का अध्यक्ष मनोज कुमार यादव,वडा नं ३ का अध्यक्ष महिबुद्धिन मुसलमान, वडा नं ४ का अध्यक्ष नरेश अहिर, वडा नं ५ का अध्यक्ष आशुतोष कुमार सिंह, लिडो संस्थाकी कार्यकारी निर्देशक सुनिता बेल्वासे, गाउंपालिकाका स्वास्थ्य शाखा प्रमुख अस्फाक अहमद खां लगायतले मन्तव्य दिएका थिए ।
तपाईको प्रतिक्रिया