सशर्त अनुदानको योजनाको विरोध गर्दै विपक्षीहरुद्वारा संसद अवरुद्ध

समाचार

6/8/2021

जनकपुरधाम, २५ जेठ । सशर्त अनुदानको योजनाको विरोध गर्दै प्रदेश २ का विपक्षीहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले प्रदेशसभा अवरुद्ध गरेका छन् । विपक्षी दलहरुले प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक मंगलबार अवरुद्ध गरेका हुन् ।

विपक्षीहरुले स्थानीय तहमा जाने सशर्त अनुदान मनोमानी तरिकाले छनौट गरेको भन्दै बैठक अवरुद्व गरेका हुन् ।

सांसदको सिफारिस र परामर्शमा सशर्त अनुदान स्थानीय तहमा पठाउनुपर्नेमा मनोमानी तरिकाले पठाइएको विपक्षीहरुको आरोप छ । यो निर्णय नसच्याइएसम्म बैठक अवरुद्ध रहने विपक्षीहरुले अडान लिएका छन् ।

बैठक सुचारु राख्न सभामुख सरोजकुमार यादवले आग्रह गरे पनि नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतोले कम्तीमा यसको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक चल्न नदिने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ