काठमाडौं, ३१ असार । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाईबधाइएवम् शुभकामना दिएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति भएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाइ दिएका हुन् ।
भेटघाटका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनाल र प्रहरी महानिरीक्षक थापा क्षेत्रीबीच दुबै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई मायाको चिनोस्वरूप ‘मोमेन्टो’ प्रदान गरेका थिए ।
भेटघाटका अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत दुवै संगठनका वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया