महोत्तरी, २७ चैत । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय जनता पार्टी नेपालकी महासचिव चन्दा चौधरीले विपन्न परिवारलाई राहत वितरण गरेकी छन् ।
सांसद चौधरीले महोत्तरी क्षेत्र नम्बर ३ मा १ सय ५० दलित समुदाय (मुसहर र चमार)लाई आफ्नो व्यक्तिगत तर्फबाट राहत दिएकी हुन् ।
लकडाउनमा दैनिक ज्यालादारी खाने विपन्न वर्गलाई राहत स्वरुप सांसद चौधरीले राहत वितरण गरेको बताएकी छन् ।
सांसद चौधरीद्वारा मटिहानी नगरपालिका वडा नम्बर ४ र ५ का माझौरा र विषणपुर मा ७५ घर मुसहर र चमार तथा जलेश्वर नगरपालिका ३ मलिवाराको खैरा टोलका ७५ घर मुसहरलाई राहत स्वरुप खाद्यान्न प्रदान गरिएको छ ।
राहत स्वरुप चामल १० किलो, प्याज २ किलो, आलु २ किलो, खानेतेल १ लिटर, दाल २ किलो, नुन १ किलो र च्युरा २ किलोको प्याकेज बनाएर दिइएको छ ।
नेपाल भारत महिला मैत्री समाजका अध्यक्षसमेत रहेकी सांसद चौधरीले हरेक आपतविपद्मा पीडित तथा विपन्न वर्गलाई सहयोग गर्दै आएकी छन् ।
तपाईको प्रतिक्रिया