रौतहट, २३ कार्तिक । रौतहटको यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले रौतहट क्षेत्र नम्बर १ का संघीय सांसद अनिलकुमार झालाई आफनो गाउँपालिकामा प्रदेश गरेर देखाउन चेतावनी दिएका छन् ।
गाउँपालिकाकै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष मुखियाले यस्तो चेतावनी दिएका हुन्।
संघीय सांसद झाले केही दिनअघि यमुनामाई गाउँपालिकामा आयोजित एक कार्यक्रममा स्थानीय तहको बजेट नगर तथा गाउँपालिकाको बाउको बजेट नभएको भन्दै दिएको अभिव्यक्तिको निन्दा गर्दै मुखियाले यस्तो चेतावनी दिए । स्थानीय जनतासँग माफी मागेर मात्रै गाउँ पस्न संसद झालाइ उनले सुझाव दिएका छन् ।
अध्यक्ष मुखियाले दशैँको शुभकामना मन्तव्य दिने क्रममा सांसद झाद्वारा स्थानीय तहको रकम मेयरको बाउको होइन, विदेशमा कमाउन गएका व्यक्तिहरुको श्रीमतीहरू अरूसँग अनैतिक सम्बन्ध राखेको जस्ता अमर्यादित, अशोभनीय अभिव्यक्ति दिएकोमा आलोचना गरे ।
दलित जातिबाट गाउँपालिकाको प्रमुख पदमा आएको हुँदा आफूलाई लक्षित गरेर उक्त अभिव्यक्ति दिएको प्रति आक्रोशित बन्दै अध्यक्ष मुखियाले सांसद झाले माफी नमागेसम्म उनलाई पालिकाभित्र प्रवेश गर्न नदिने अडान दोहो¥याए ।
तपाईको प्रतिक्रिया