संसद पुनःस्थापन र चुनाव दुवै स्वीकार्य : कांग्रेस उपसभापति निधि

समाचार

2/8/2021

वीरगन्ज, २६ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचन जे भएपनि कांग्रेसलाई मान्य हुने बताएका छन् ।

आइतबार वीरगन्जको बगही टोलमा आयोजित आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै निधिले यस्तो बताएका हुन् ।

अहिलेको अवस्थामा दुबै विकल्प रहेकोले दुबै विकल्पलाई लिएर जनताको बीचमा जानुपर्ने निधिको भनाइ थियो ।

संविधानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने कुनै अधिकार नभएकोले उक्त कदमलाई कांग्रेसले असंवैधानिक भनेको उनले बताए ।

प्रधानमन्त्री ओलीले गरेको संसद विघटन संविधान विरोधी र लोकतन्त्र विरोधी काम भएकोले उक्त कार्यलाई सर्वसत्तावाद र अधिनायकवादको संज्ञा निधिले दिए ।

लोकतन्त्र, संघीयता, मधेशको हक अधिकारको लड्दै आएको एक मात्र पार्टी नेपाली कांग्रेस नै भएको उनको दाबी थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ