सांसद यादवद्वारा इन्टरलकको उद्घाटन

समाचार

10/12/2020

वीरगञ्ज, २६ असोज । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ बिर्ता बजारमा निर्मित इन्टरलक पेवर्स ढलानको उद्घाटन गरेका छन् । स्थानीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत संसदीय कोषबाट निर्मित सड़क ढलान तथा नाला निर्माण कार्यको आइतबार एक कार्यक्रमका बीच सांसद यादवले उद्घाटन गरेका हुन् ।

सांसद यादवले अगामी दिनहरूमा पनि यस वडाको विकासको लागी नया योजनाहरू बनाएर विकास कार्यलाई निरन्तरता दिइने बताए । यस्तै प्रदेश सभा सदस्य करिमा बेगमले यस क्षेत्रको विकास निर्माण कार्यमा कुनै किसिमको कमी नआउने बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ