संसद विघटनको विरोधमा जनप्रदर्शन

समाचार

12/29/2020

जनकपुरधाम, १४ पुस । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा धनुषाले जनकपुरधाममा जनप्रदर्शन गरेको छ ।

प्रचण्ड–माधव नेपाल समूहले देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रमअन्तर्गत जनकपुरधाममा पनि प्रदर्शन गरिएको हो ।

धनुषाको विभिन्न नगर तथा गाउँबाट आएका ¥याली जनकपुरको रेल्वे स्टेशनमा जम्मा भइ नगर परिक्रमा गरेका थिए ।

नगरसभापछि भएको विरोधसभामा शीर्ष नेताहरु स्थायी कमिटी सदस्य गणेश साह, पूर्वमन्त्री रामचन्द्र झा, यदुवंश झा, श्रीप्रसाद साह, श्रवणलगायतले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओलीले गरेको संसद विघटन अलोकतान्त्रिक, अमर्यादित र जघन्य राजनीतिक अपराध भएको भन्दै विशाल प्रदर्शन गरिएको नेता रामचन्द्र झाले बताए ।

विरोध प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा र राष्ट्रपति विद्यादेबी भण्डारी मुर्दावाद, संसद् विघटन गर्न पाइँदैन, संघीय लोकतन्त्र विरोधी प्रधानमन्त्री मुर्दावाद लगायतका नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ