संसद विघटनविरुद्ध जसपाद्वारा देशभर प्रदर्शन

समाचार

1/17/2021

काठमाडौं, ४ माघ । जसपा नेपालले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमविरुद्ध देशभर विरोध प्रदर्शन गरेको छ ।

देशका प्रमुख शहरहरुमा दोस्रो चरणको विरोध प्रदर्शन र बिरोधसभा कार्यक्रम अन्तर्गत जसपाले पुस २५, २७ र २९ गते ९ स्थानमा विशाल सभासमेत गरिसकेको छ ।

कार्यक्रम अन्र्तगत शनिबार देशका ६ स्थानमा विरोध प्रदर्शनको आयोजना गरिएको छ । जस अन्तर्गत धरान, सिरहा, मलङ्वा, रौतहट, कलैया र तौलिहवामा कार्यक्रम भएको छ ।

जसपाले संविधानको मर्म अनुरुप नै संसद पुनः स्थापनाको मुद्दामा फैसला गर्नेछ भन्ने विश्वास लिएको छ ।

कोरोनाको महामारीको बेला खोपको जोहो गर्न छोडेर राजनीतिक अस्थिरता कायम गर्न खोज्नु भनेको प्रधानमन्त्रीको गैरजिम्मेवारीपनको पराकाष्ठा रहेको भन्दै मुलुकमा बढेको भ्रष्टाचार, कालोबजारी, महँगी, कुशासनको सम्पुर्ण नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने, प्रधानमन्त्री संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा अग्रसर रहेको भन्दै यसलाई किमार्थ पनि स्वीकार गर्न नसकिने जसपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ