संसद विघटनविरुद्ध विद्यार्थी संगठनहरुले देशव्यापीरुपमा प्रतिरोध गर्ने

समाचार

12/22/2020

काठमाडौं, ७ पुस । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद विघटनका क्रियाशील ९ विद्यार्थी संगठनहरुले देशव्यापीरुपमा प्रतिरोध गर्ने निर्णय गरेका छन् ।

मंगलबार नेपाल विद्यार्थी संघ संयोजनमा बसेको ९ विद्यार्थी संगठनहरुले संसद विघटनको भर्त्सना गरेका छन् ।

संविधानको रक्षाका लागि सबै विद्यार्थी संगठनहरुबीच सहकार्य गर्ने निर्णय भएको राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्रले जनाएका छन् ।

‘अलोकतान्त्रिक, असंवैधानिक तथा प्रतिगमनलाई सहयोग पुग्ने गरी चालिएको यस कदमका विरुद्ध देशव्यापीरुपमा प्रतिरोध गर्न सम्पूर्ण युवा विद्यार्थीलाई आह्वान गर्दछौं ।’ संयुक्त विद्यार्थी संगठनहरुद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

साथै विचार र आस्थाका आधारमा गैरकानूनी थुनामा राखिएका संयुक्त आन्दोलनमा क्रियाशील अखिल क्रान्तिकारीका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न मागसमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ