संसद विघटनविरुद्ध वीरगञ्जमा कांग्रेसको मोटरसाइकल र्‍याली

समाचार

1/10/2021

वीरगञ्ज, २६ पुस । संसद विघटनको विरोधमा नेपाली कांग्रेस पर्साले शनिबार वीरगञ्जमा मोटरसाइकल र्‍याली निकालेको छ । देशका ३ सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कांग्रेसको कार्यक्रम अन्तर्गत वीरगञ्जमा पनि प्रदर्शन गरिएको हो ।

वीरगञ्जको घण्टाघरबाट निकालिएको मोटरसाइकल र्‍याली माईस्थान, महाबिर स्थान, आदर्शनगर, गीता मन्दिर हुँदै फेरि माईस्थानमै आएर कोण सभामा परिणत भएको थियो ।

¥यालीमा सहभागी भएका नेता कार्यकर्ताहरुले,संसद विघटन खारेज गर, असंवैधानिक कदम फिर्ता गर, केपी तिम्रो पाराले दुःख पायो साराले लगायतका नाराहरु लगाएका थिए ।

कोण सभामा बोल्दै कांग्रेसका नेताहरुले संसद विघटन गर्नु असंवैधानिक कदम भएको भन्दै खारेज हुनुपर्ने माग गरेका थिए । पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिकामा विरोध कार्यक्रमको आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ